‘प्रथम मेचीनगर डिभिजन स्नुकर टुर्नामेन्ट’ आजबाट काँकरभिट्टामा सुरु

0

विर्तामोड, १ चैत ।


‘प्रथम मेचीनगर डिभिजन स्नुकर टुर्नामेन्ट’ आजबाट काँकरभिट्टामा सुरु भएको छ । स्नुकर क्लब काँकरभिट्टाले ३ दिवसीय टुर्नामेन्टको आयोजना गरेको हो । सोमबार समापन हुने टुर्नामेन्टको उद्घाटन मेचीनगर ६ का अध्यक्ष ललित तामाङ्गले गर्नु भएको हो । त्यसक्रममा प्रमुख अतिथि तामाङ्गले मेचीनगरलाई खेलकुदको उर्वरभूमिका रुपमा अथ्र्याउँदै स्नुकर खेल विधाका दक्ष खेलाडी उत्पादन गर्न आग्रह गर्नुभयो । “खेल मनोरञ्जनका लागि खेल्ने चलन पनि छ” उहाँले भन्नुभयो– “दक्ष अनि व्यनवसायिक खेलाडी उत्पादन गर्नु अहिलेको आवश्यकता हो ।”
उद्घाटन कार्यक्रममा नाइट चेस क्लवका पूर्व अध्यक्ष बालाजीत राई, मेची युमा चेस एकाडेमीका सचिव राजु पौडेल लगायतले शुभकामना दिनुभयो । सो अवसरमा नेपाली काँग्रेस मेचीनगर ६ का सभापति रविन भट्टराई, जिल्ला फुटबल संघ महासचिव शेरबहादुर बस्नेत, सदस्य कर्ण थापा मगर (राजा), नाइट चेस क्लब संस्थापक उपाध्यक्ष बलिमान गुरुङ्ग, नेपाल खेलकुद महासंघ प्रदेश सदस्य बालकृष्ण थापा लगायतको आतिथ्यता थियो । नगरका ७४ जना खेलाडीले भाग लिने टुर्नामेन्टमा प्रथम हुनेले नगद राशी ११ हजार, द्धितीय हुनेले ५ हजार तथा हाई ब्रेकरले २५ सय रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । आयोजक क्लबका अध्यक्ष निमा वाङ्गेल लामा (राजु) को सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन मेची युमा चेस एकाडेमीका उपाध्यक्ष भरत गुरुङ्गले गर्नु भएको थियो । ०००००००

Share.

Leave A Reply