फोर्थ नेशन वुमन फुटबल च्याम्पियनसीपमा भाग लिने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई विदाई

0

विर्तामोड २१ माघ ।

फोर्थ नेशन वुमन फुटबल च्याम्पियनसीपमा भाग लिने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई आज विदाई गरिएको छ ।जिल्ला खेलकुद विकास समिति झापाले कार्यक्रम गरी यही फेब्रुअरी ७ तारिखदेखि भारतको उडिसा राज्यमा हुने प्रतियोगितामा भाग लिने टोलीको विदाई गरेको हो ।

प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख बोलराज आचार्य, जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रबहादुर श्रेष्ठ लगायतले टोलीलाई विदाई गर्नु भएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि खेल अभ्यासका लागि गत बुधबार झापा आएको २३ जना खेलाडी र ६ जना अफिसियल गरी २९ सदस्यीय टोलीले मेची रङ्गशालामा एक सातासम्म बन्द प्रशिक्षण गरेको थियो । टोलीमा सहभागी खेलाडी र खेल पदाधिकारीहरुलाई आयोजक जिल्ला खेलकुद विकास समितिले खादा र अविर पहिर्याएर शुभकामनासहित विदाई गरेको थियो । प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय खेल टोली भोलि काँकरभिट्टा हुँदै भारत प्रस्थान गर्दैछ ।

भद्रपुरस्थित मेची रङ्गशालामा भएको सो कार्यक्रममा समिति कोषाध्यक्ष धर्मराज शिवाकोटी, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, कचनकवल गाउँपालिकाका योजना अधिकृत केशव मैनाली, शारीरिक सुगठनका पूर्व राष्ट्रिय खेलाडी रामबाबु धिमाल, जुडोका सहायक प्रशिक्षक गङ्गा खड्का, पूर्व राष्ट्रिय खेलाडी अर्जुन राई लगायतको उपस्थिति थियो ।

समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत उपाध्यक्ष भेषराज भण्डारी र सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गर्नु भएको थियो । ०००००००

Share.

Leave A Reply