बलिउड अभिनेत्री कंगना रनावतले भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जय ललिताको बायोपिक गर्ने घोषणा, २४ करोड भारतीय रुपैयाँ पारिश्रमिक

0

झापा, ११ चैत (एजेन्सी) ।

बलिउड अभिनेत्री कंगना रनावतले भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जय ललिताको बायोपिक गर्ने घोषणा गरेकी छन् । कंगना रनावतलाई यस फिल्मका लागि २४ करोड भारतीय रुपैयाँ पारिश्रमिक अफर गरिएको छ । यससँगै अभिनेत्री कंगना रनावत बलिउड फिल्म उद्योगकै मंहंगी अभिनेतृ बनेकी छन् । खबरहरुका अनुसार फिल्म निर्माताहरुलाई कंगनामाथि पूर्ण विश्वास भएका कारण उनलाई यति धेरै पारिश्रमिक दिनमा कुनै पनि आपत्ति नरहेको बताइएको छ ।
यस अघिका ‘तनु वेड्स मनु’ र ‘क्वीन’ जस्ता फिल्म हिट भएसँगै कंगनाले आफ्नो पारिश्रमिक ११ करोड र्पुयाएकी थिइन् । तर, त्यसपछिका फिल्म ‘सिमरन’ र ‘रंगुन’ फ्लप भएपछि पारिश्रमिक घटाएकी कंगनाले हालै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ हिट भएपछि फेरि पारिश्रमिक बढाएकी हुन् । बलिउडमा पहिलो पटक एउटा फिल्मका लागि कुनै अभिनेत्रीलाई २४ करोड रुपैयाँ पारिश्रमिक दिइँदैछ ।
यस अघि अभिनेत्री दीपिका पादुकोणलाई फिल्म ‘पद्मावत’ का लागि १३ करोड रुपैयाँ दिइएको थियो । यस्तै अभिनेत्री करीना कपूर खानले फिल्म ‘विरे दी वेडीङ’ का लागि ७ करोड रुपैयाँ लिएकी थिइन् भने अहिले उनले आफ्नो पारिश्रमिक बढाएर १० करोड र्पुयाएकी छन् । यस्तै हलिउडमा समेत पहिचान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले ६ करोड रुपैयाँ मात्रै लिएकी छन् ।
तमिल तथा बलिउड फिल्मकी अभिनेत्री समेत रहिसकेकी जया ललिताको जीवनमा आधारित फिल्म ‘जया’ को निर्देशन एएल विजयले गर्ने छन् । यस फिल्मको स्क्रिप्ट ‘बाहुबली’ र ‘मणिकर्णिका’ को कहानी लेखिसकेका लेखक केवी विजयन्द्र प्रसादले लेखेका हुन् । यस फिल्मका लागि कंगना भन्दा अभि अभिनेत्री बिद्या वालन र ऐश्वर्या राय बच्चनलाई अफर गरिएको थियो । तर, अन्त्यमा अभिनेत्री कंगना रनावतले बाजी मारेकी छन् । ००००००

 

Share.

Leave A Reply