बाराको हुलास स्टिलमा आगलागी

0

सिमरा, २ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ । आज मध्यान्ह कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीबाट करिब ४० लाख बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको कम्पनीका प्रमुख जवाहर लाल आर्यले जानकारी दिनुभयो । आगलागीको कारणबारे खुल्न सकेको छैन । आफूहरु पुग्दा आगो लागिरहेको भेटिएको कामदारहरु बताउँछन् । नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आगो नियन्त्रण लिएको छ ।

Share.

Leave A Reply