बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका १८ बटा सामुदायिक बिद्यालयमा ई हाजिरी सेवा सुरु

0

विर्तामोड, १ फागुन ।
बिर्तामोड नगरपालिका अन्तरगत रहेका १८ बटा सामुदायिक बिद्यालयमा अनिबार्य ई हाजिरी सेवा सुरु भएको छ । ती बिद्यालयमा कार्यरत शिक्षकहरुले आजबाट अनिबार्य रुपमा ई हाजिरी गर्नु पर्ने भएको छ ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिबाकोटीले एक कार्यक्रमका बीच ई हाजिरी सेवाको उद्घाटन गर्नु भएको हो । सो अवरसमा मेयर शिवाकोटीले शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरको सामाजिक समितिका संयोजक संगीता शिवाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकारी युवराज पाण्डेले नगरको शिक्षाको अबस्था बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नगर शिक्षा अनुगमन समितिका संयोजक उमानाथ ओलीले तयार पारेको अनुगमन प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

ई हाजिरी सेवाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा १८ बटै बिद्यायलका प्रधानाध्यापक, संचालक समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । ०००००

 

Share.

Leave A Reply