भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीद्वारा सक्रिय व्यावसायिक जीवनबाट अवकासको घोषणा

0

विर्तामोड, २३ जेठ ।

भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यावसायिक जीवनबाट अवकासको घोषणा गर्नुभएको छ । घ्यू उत्पादनबाट व्यावासायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रबिधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आउनुभएका प्रेमजीले आज अवकासको घोषणा गर्नुभएको हो ।

 

“मैले विप्रोसँग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने पूर्व तथा वर्तमान सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा उनीहरूका परिवारप्रति धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहयोग र प्रेरणाले नै कम्पनीलाई आजको सफलताको अवस्थामा पु¥याउन सम्भव मिलेको हो,” ७३ बर्षीय सफल व्यवसायी प्रेमजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले भन्नुभयो, “यो मेरो लागी लामो सन्तुष्टिको यात्रा भएको छ । भविष्यमा मैले बाँकी जीवनलाई परोपकारका गतिविधिमा लगाउनेछु ।”

 

प्रेमजीले विप्रोलाई सन् १९६० को दशकको अन्त्यदेखि नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँको नेतृत्वमा विप्रोले एक सफल सूचना प्रबिधि क्षेत्रमा विश्वभर ख्याति प्राप्त गर्न सफल भएको छ । हाल विप्रोले विश्वका ५० मुलुकभन्दा बढीमा बार्षिक आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरकोे कारोबार गर्दै आएको छ । प्रेमजीले विप्रोको कार्यकारी अध्यक्षबाट आगामी जुलाई ३० देखि अवकास लिनुहुनेछ भने उहाँको उत्तराधिकारीका रूपमा छोरा रिषाद प्रेमजीले कम्पनीलाई नेतृत्व प्रदान गर्नुहुनेछ ।

 

प्रेमजीको कम्पनीको गैर–कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षका रूपमा भने सम्लग्नता रहनेछ । गत मार्चमा प्रेमजीले विप्रोमा रहेको आफ्नो शेयरको ३४ प्रतिशत शेयरलाई आफ्नो नाममा रहेको एक प्रतिष्ठानमार्फत परोपकारी गतिविधिका लागि योगदान गर्ने बताउनुभएको ब्लुमवर्गको समाचारमार्फत् जानकारी गराइएको थियो । विप्रोका अध्यक्षबाट प्रेमजीले राजीनामा गर्ने समाचारसँगै कम्पनीको शेयरमा एक प्रतिशतले गिरावट आएको छ । ००००००

Share.

Leave A Reply