भारतको गुजरात राज्यको सूरत शहरमा रहेको तक्षशीला कम्प्लेक्समा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको मृत्यु

0

विर्तामोड, १० जेठ ।


भारतको गुजरात राज्यको सूरत शहरमा रहेको एउटा कोचिङ सेन्टरमा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको ज्यान गएको छ । सूरतको सर्थना बिनमा रहेको तक्षशीला कम्प्लेक्समा आगलागी हुँदा १५ जनाको ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
आगलागी भएको व्यावसायिक भवनमा कैयौँ मान्छे फसिरहेको प्रहरीले जानकारी दिएको छ । पीटीआईका अनुसार तक्षशीला कम्प्लेक्सको तेस्रो र चौथो तलामा आगो लागेको हो । समाचार च्यानलमा देखाइएको भिडियोमा मानिसहरु तेस्रो र चौथो तलाबाटै हाम फालेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घटनाप्रति दुःख व्यक्त गर्दै गुजरात सरकार र स्थानीय प्रशासनलाई प्रभावित नागरिकका लागि हरसम्भव सहयोग गर्न आग्रह गरेका छन् । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । ००००००

Share.

Leave A Reply