भारतको पुडुचेरीका मुख्यमन्त्री वी. नारायण सामीले उपराज्यपाल किरण बेदीविरुद्ध विरोध प्रदर्शनका लागि दिल्लीका मुख्यमन्त्री केजरीवालको तरिका अपनाउँदै

0

विर्तामोड, २ फागुन (एजेन्सी) ।
भारतको पुडुचेरीका मुख्यमन्त्री वी. नारायण सामीले उपराज्यपाल किरण बेदीविरुद्ध विरोध प्रदर्शनका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको तरिका अपनाउँदै धर्नामा बसेका छन् । पुडुचेरी सरकारका विभिन्न प्रस्ताव उपराज्यपाल किरण बेदीले रोकेको नारायणसामीको आरोप छ । यसरी रोकिएका प्रस्तावमा सर्वसाधारणलाई निःशूल्क चामल वितरण गर्ने पनि रहेको उनले बताए ।

केजरीवालको जस्तै भए पनि नारायणसामीको धर्नाको शैली केही फरक छ । मुख्यमन्त्री नारायणसामी र उनको मन्त्रीपरिषदका अरु सदस्यले धर्नामा साथ दिएका छन् । उनीहरु उपराज्यपालको सरकारी निवास राज निवासको गेटको सामुन्ने रहेको सडकमा धर्ना बसेका छन् । धर्ना सुरु हुनुअघि मुख्यमन्त्री र उपराज्यपालबिच चिट्ठी आदान–प्रदान भएको थियो । त्यसपछि धर्नाको अवस्था आएको हो । आम रुपमा सेतो कमिज र धोती लगाउने मुख्यमन्त्रीले कालो कमिज र कालै धोती लगाएका छन् । मुख्यमन्त्रीसहित धर्नामा रहेका मन्त्रीहरु गए राति बाटोमै सुतेका थिए । ०००००

Share.

Leave A Reply