भारतबाट नेपाली बजारमा पशुपंक्षी आयातमा विशेष निगरानी, भारतका केही स्थानमा बर्डफ्लुको संक्रमण, झापामा कुखुरा तथा चल्ला आयातमा प्रतिबन्ध

0

विर्तामोड, २६ माघ ।

भारतबाट नेपाली बजारमा आयातित पशुपंक्षी नियन्त्रण तथा रोकथाममा विशेष निगरानी बढाइएको छ । खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्धित चल्ला, कुखुरा रोकथाम तथा नियन्त्रण गर्नुका साथै आयातित माछालाई चेकजाँज गरी मात्र नेपाल भित्र्याउने दिनेमा सरोकारवाला निकाय सहमत भएपछि निगरानी बढाइएको हो ।

भारतीय बोइलर कुखुरा तथा चल्ला चोरी तस्करीको माध्यमबाट नेपाली बजारमा भित्रिन थालेपछि झापाका कुखुरा पालक किसान आन्दोलित भएसँगै यसको नियन्त्रण र रोकथामका लागि भद्रपुरस्थित पशु क्वारेन्टाइन चेक पोस्टले सरोकारबाला निकायसँग पहल गरेको छ । चेक पोष्टमा बसेको सरोकारबालासँगको बैठकमा भारतीय पशुपंक्षी नियन्त्रण तथा रोकथामका लागि तीनबुँदे सहमति भएको चेक पोष्टका पशु चिकित्सक कौशलेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार छिमेकी राष्ट्र भारतका केही स्थानमा पटकपटक बर्डफ्लु रोगको संक्रमण देखा परेकोले नेपाल सरकारले कुखुरा तथा चल्लामा प्रतिबन्ध लगाएको छ ।

त्यसैले ती पंक्षी र पंक्षीजन्य पदार्थ नेपाल भित्रिन नदिन सम्पूर्ण सरोकारवाला निकायले आआफ्नो क्षेत्रबाट विशेष निगरानी बढाउने, भारतबाट आयातित माछाको क्वारेन्टाइन जाँचपश्चात क्वारेन्टाइन प्रमाणपत्र लिएको छ वा छैन भन्सार कार्यालयको गेटमा ड्युटीमा रहेका भन्सार कर्मचारी र प्रहरीले अनिवार्य चेकजाँच गराई भन्सारमा राजश्व तिरेर पठाउने गरेको बताउनुभयो । झापाका कुखुरा पालक किसानले कुखुरा तथा चल्ला बिक्री वितरण गर्दा फर्मको बिल र सेनेटरी प्रमाणपत्र दुवानी कर्तालाई अनिवार्य प्रदान गर्ने बताउनुभयो । ०००००

Share.

Leave A Reply