मगमग झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीद्वारा कब्जा, चौथो पटक पनि मगमग झापा ११ फाइनलमा चुक्यो

0

विर्तामोड, २७ फागुन ।


मगमग चौथो झापा गोल्डकपको उपाधिमा त्रिभुवन आर्मी क्लबले ह्याट्रिक गरेको छ । आर्मीले मगमग झापा ११ लाई ५–३ गोल अन्तरले हराउँदै तेस्रो पटक उपाधि हात पारेको हो । खेलको २४ औ मिनेटमा सन्तोष तामाङले फ्रि किक मार्फत गोलको खाता खोलेका थिए । त्यसको ९ मिनेट बित्न नपाउँदै कप्तान भरत खवासले झापाका गोलरक्षक दिनेश थापामगर बीट भएको अवस्थामा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओएमीले गोल गर्दै झापालाई खेलमा फर्किन सक्ने आशा जगाएका थिए । दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको झापाका लागि योगेश गुरुङले ५५ मिनेटमा डि एरियाभित्र पाएको पासमा गोल गर्दै झापालाई खेलमा फर्काएका थिए । २ गोलले अग्रता लिएको आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल प्रस्तुत गरिरहेको भए पनि स्कोर बराबरी भएपछि आक्रमणमा उत्रिएको थियो । खेलको ७५ औ मिनेटमा युद्ध शाहीको लामो पासलाई नवयुग श्रेष्ठले गोल गरेका थिए । ८३ औं मिनेटमा झापाका डिफेन्सहरुको गल्तीमा फाइदा उठाउँदै गोलकिपर मात्र भएको अवस्थामा सन्तोष तामाङले ब्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गरे ।
९० मिनेटको खेलमा ४–२ गोल भएपछि थपिएको समयमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गरे । त्यसको ३ मिनेट बित्न नपाउँदै झापाका लागि बिदेशी खेलाडी भिक्टोर अमोवीले गोल फर्काउँदै नतिजा ५–३ बनाए ।
फाइनल खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार पुरस्कार पाए । प्रतियोगितामा उदियमान खेलाडीको पुरस्कार झापाका निशान्त खड्काले पाए । सर्वाेत्कृष्ठ गोलकिपर बिकेश कुथु, उत्कृष्ठ डिफेन्स देवेन्द्र तामाङ, उत्कृष्ठ मिडफिल्डर पुजन उपरकोटी घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका नवयुग श्रेष्ठले पाए । बेष्ट कोच अफ द टुर्नामेन्ट आर्मीका चुनबहादुर थापा भए । झापाका सञ्जोग राईले अर्का उदियमान खेलाडीको पुरस्कार पाए । उनीहरुले जनही २५ हजार रुपैंयाँ पुरस्कार पाए ।
मष्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट मगमग झापा ११ का मिडफिल्डर दिलेन लोक्ताम घोषित भए । उनले यामाहा कम्पनीको मोटरसाइकल पाए । आयोजकले लाइफटाइम एचिभमेन्ट अवार्ड नरेन्द्रकुमार लिम्बुलाई प्रदान गरेको छ । लिम्बुले यामाहा कम्पनीको मोटरसाइकल पाएका छन् ।
उपाधिसँगै त्रिभुवन आर्मी क्लबले नगद १२ लाख ५५ हजार पाएको छ । चौथो पटक उपबिजेतामा सिमित भएको झापाले ६ लाख ५ हजार रुपैयाँमा चित्त बुझायो । फागुन १८ गतेदेखि शुरु भएको गोल्डकपमा नेपालका ८, हङकङको १ र क्यामरुनको १ गरी १० टीमको सहभागिता रहेको थियो । ०००००००

Share.

Leave A Reply