मदन भण्डारीलाई सम्झनका लागि उहाँको विचारलाई अध्ययन गर्नुपर्ने

0

विर्तामोड, ३ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी झापाले २६ औं मदन आश्रित स्मृति दिवस रचनात्मक कार्यक्रम गर्दै मनाएको छ । नेकपाका नेता तथा कार्यकर्ताले जननेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको दुर्घटनाबाट मृत्यु भएको २६ औं स्मृतिमा फुल रोप्दै सम्झना गरेका छन् । पार्टी एकताको खुशी र जनताको प्रिय नेता गुमाएको दिनलाई दुःखका रुपमा सम्झदै फुल जस्तै पार्टी बनाउन सबै नेता कार्यकर्ताले फुल रोपेको बताएका छन् । उनीहरुले जिल्ला पार्टी कार्यालय वरिपरी फुल रोपेका छन् । पार्टीका केन्द्रीय सदस्यद्वय नरेश खरेल र देवेन्द्र दाहालसहित जिल्लाका नेता तथा कार्यकर्ताले फुल रोप्दै पार्टीलाई पनि फुल जस्तै हुर्काउने सन्देश दिएका छन् । स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नरेश खरेलले मदनआश्रितको योगदानले नै पार्टी जीवित रहेको बताउनु भयो । यस्तै पार्टीका केन्द्रीय सदस्य देवेन्द्र दाहालले मदन भण्डारीलाई सम्झनका लागि उहाँको विचारलाई अध्ययन गर्नुपर्ने बताउनु भएको छ । जनताको बहुदलीय जनवादलाई जनताकोबीचमा लगेर नेकपालाई प्रिय पार्टी बनाउनु पर्ने उहाँको भनाई छ । कार्यक्रममा राजु आचार्य अग्नि, मेनका काफ्ले र जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतले मन्तब्य राख्नुभएको थियो । ’०००००००

Share.

Leave A Reply