महिनौ लगाएर, करोडौ सकाएर अमेरिका पुगेका नागरिकको बिचल्ली, तीन सय नेपाली अमेरिकाको जेलमा

0

विर्तामोड, ६ बैशाख ।

अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ । धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो। यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो । यसलाई बुधबारदेखि हटाइएको हो । बिना कागजात प्रवेश गरेका त्यस्ता आवेदकलाई अमेरिकी सरकारले एसाइलमको अन्तिम निर्णय नहुँदा सम्मका लागि बोण्ड अर्थात् धरौटीमा रिहा गर्दै बाहिर काम गर्ने अवसर दिन्थ्यो । बुधबार जारी भएको महान्यायधिवक्ताको निर्णयसंगै अब एसाइलम आवेदकहरू, निवेदन स्विकृत नुहँदासम्म अध्यागमनको जेलमा नै बस्नुपर्ने हुन्छ । अध्यागमन हिरासतमा आप्रवासीलाई राख्ने क्षमता बढाउनु पर्ने भएकाले महान्यायधिवक्ताको निर्णय, ९० दिनमा कार्यन्वयनमा आउनेछ । महान्यायधिवक्ताको निर्णय संगै बिगत १४ बर्षदेखि धरौटीमा रिहा गर्ने अभ्यासको समेत अन्त्य भएको छ । यो निर्णयले अमेरिका विना कागजात प्रवेश गर्ने संख्या घट्ने विश्वास समेत लिइएको छ । जेलमा बस्नेले कुनै काम गर्न नपाउने र असाइलम स्विकृत नभए डिपोर्ट हुने हुनाले त्यो रिक्समा कोही नपर्न समेत अमेरिकामा रहेका नेपालीहरूको आग्रह छ । यो निर्णय १८ बर्ष भन्दाकम उमेरका बालबालिका र बालबालिका सहित रहेका अभिभावकका लागि भने लागु हुने छैन् । अमेरिकी संघिय अदालतको फैसलाले बालबालिकालाई २० दिनभन्दा धेरै हिरासतमा राख्न रोक लगाएको छ । अमेरिकामा सन् २००५ देखि मेक्सिको सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलम दावी गर्नेहरूलाई धरौटीमा रिहा गर्न शुरु गरिएको थियो । उनीहरू विभिन्न अफ्रिकी मुलुक हुँदै दक्षिण अमेरिकी मुलुकको जंगलमा महिनौं हिँडेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका प्रवेश गर्दै आएका थिए । कानुन व्यवसायी बासु फुलाराका अनुसार यो निर्णय लागु भएपछि सिमाक्षेत्रबाट प्रवेश गरी असाइलम दावी गर्नेहरूले, निर्णय आफ्नो पक्षमा नआएमा देश निकालाको सामना गर्नुपर्नेछ । ०००००००

Share.

Leave A Reply