मिस नेपाल २०१७ को उपाधि निकिता चाण्दकद्वारा कब्जा

0

झापा ।

 

मिस नेपाल २०१७ को उपाधि निकिता चाण्दकले जितेकी छिन् । मोरङको उर्लाबारी घर भएकी उनी अरु १८ प्रतियोगीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । मारवाडी समुदायकी उनले अरु दुई पदक समेत जितेकी छिन् । शुक्रबार बेलुकी काठमाडौंमा भएको फाइनल प्रतिष्पर्धामा उनलाई मिस नेपाल २०१६ की अश्मि श्रेष्ठले मिस नेपालको ताज लगाइदिइन् ।

कार्यक्रममा प्रमुख निर्णायक गर्भनर चिरञ्जीवि नेपालले सोधेको नेपालको आर्थिक विकासमा महिलाको भूमिका कस्तो हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् । 

द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको यस वर्षको उपाधि जितेकी उनले मिस वल्र्डमा सहभागी हुने अवसर पाएकी छिन् । मिस नेपालले राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत संरक्षण दूतको रुपमा पनि काम गर्दै आएका छन् ।

यस्तै रोजिना श्रेष्ठले मिस नेपाल अर्थ, नीति शाहले मिस नेपाल इन्टरनेशनल र सहारा बस्नेतले मिस नेपाल एसिया प्यासिफिकको उपाधि जितेकी छिन् ।

Share.

Leave A Reply