यसकारण बाम गठबन्धन

0

यसकारण बाम गठबन्धन

 

प्रकाश खड्का

 

सांविधान बनेपछिको यो निर्वाचन नेपालको भविस्य कता लाग्छ भन्ने टुंगो लगाउने ऐतिहासिक निर्वाचन बन्दैछ । सबैखाले निरंकुशता भोगेको नेपाल र लामो समयदेखी राजनीतिक अस्थिरताले हरेक क्षेत्रमा थङ्थिलो छ । स्वाभिमानी बिदेश सम्बन्ध, बलियो आर्थिक संरचना, रोजगारीको प्रत्याभुती, शिक्षा स्वास्थ्य र अन्य आधारभुत जनताका आवश्यकता पूरा गर्ने सन्दर्भमा, सुशासन र सामाजिक न्याय प्रत्याभुत गराउने सन्दर्भमा पछाडी परेको छ । राजनीतिक स्थिरता र लोकतन्त्रको लडाइँ लड्दा लड्दै त्यतापट्टी जति गरिनुपर्थ्यो त्यति काम हुन सकेको छैन । यद्यपि आशाको कुरा के छ भने यत्रो लामो संघर्षले संविधानसभामार्फत बनेको संविधानले थुप्रै जनपक्षिय व्यवस्थाहरु कबोल गरेको छ । शिक्षा स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारको रुपमा स्पस्ट गर्दै समाजवाद उन्मुख देश नेपाल भनी घोषणा गरिएको छ । यो चान्चुने घोषणा हैन । हिजोकै जस्तो राजनितिक अस्थिरता, सत्ता स्वार्थका चल्खेल जारी राखे यो कुरा हासील हुनेवाला छैन । दुनियाँमा थुप्रै उदाहरण छन् , जनताका वलिदानी संघर्षले स्थापित गरेका हक अधिकार फेरि खोसिएको । गलत बाटो लागेको । र त्यो सबै प्रतिक्रान्तिको घटना असल राजनितिक शक्तिको अभावमा , सत्ता सन्चालन गर्नेहरुको इमान्दारीताको अभावमा भएका थिए । हामीकहाँ पनि समाजवादी यात्रा तय गर्ने उद्घोस गरेको यो जनपक्षीय संविधान समाज्वादका असली उत्तराधिकारी ले, अर्थात नेपाली कम्युनिस्ट हरुले नेतृत्व नगरे अफ्ट्यारोमा पर्ने खतरा छ । यो खतरा त्यतिकै भनिएको हैन । इतिहासका तथ्यले भन्छ लोकतन्त्र समेत असल राजनीतिक उत्तराधिकारी नपाउँदा नेपालमा अभ्यास गर्न पाइएन । २०१५ सालको आम निर्वाचनमा जनताले आफ्नो प्रजातान्त्रिक सपना पूरा गराउने लगाम नेपाली काँग्रेसको हातमा दुई तिहाइ बहुमतसाथ थमाइदिए । १७ सालमा कङ्रेसकै बहु संख्यक मन्त्री र सांसदहरुले जनताको सपना राजाको निरंकुश महत्वाकांक्षा समक्ष अर्पण गरे । जन्ताले काँग्रेसी नालायकिको आडमा तीस वर्ष पन्चायती बर्बरता भोग्यो । २०४६ को जन आन्दोलन सफल भएपछी जनताले फेरि ४८ सालमा काँग्रेसलाई बहुमत दिए । त्यो बहुमतको आडमा काँग्रेसले सर्वस्त्तावाद बाहेक केही दिएन । अनियंत्रित निजीकरण र सत्ताको फोहोरी खेल बाहेक केही दिएन । बहुमतको पाँच बर्ष चलाउने संवैधानिक वयवस्था कार्यन्बयन गर्नै सकेन । आफ्नै सरकार आँफैले ढाल्ने काम गर्‍यो । त्यसपछि कुनै दलले बहुमत पाएन । अस्थिरता र कुशासनले प्रश्रय पायो । अल्पमतको तर लोकप्रिय मनमोहनको नेतृत्वको कम्युनिस्ट सरकारले जनताका पक्षमा काम गर्न थालेपछी, त्यो सहन नसकेर हेलिकप्टरबाट लडेर ढाड भँचिए का प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव मात्र पेश गरेन, हस्पिटल बाट जवाफ दिन बाध्य बनायो । सामान्य मानविय संवेदना काग्रेसी सत्तास्वार्थमा ओझेल पर्यो । सुरा सुन्दरी, प्राडो पजेरो, साँसद किनवेच, भ्रस्टाचार सरकार फेरवेदल र कुशासन काँग्रेसी उपहार बन्यो । जनताले यसको मार डर्लागोदो भोगे । यहि भावभुमीमा नेपालले युद्ध समेत भोग्यो । ५६ मा फेरि काँग्रेसले बहुमत पायो तर फेरि यो बहुमत काँग्रेसले राजाकै पाउमा अर्पण गर्‍यो । जनताले फेरि निरंकुशता बिरुद्ध लड्नुपर्‍यो । अब ६२/६३ को जनक्रातिपश्चात संविधान निर्माण गर्नै १० वर्ष लाग्यो । १० वर्ष मा करिव दर्जन सरकार हामीले देख्यौं ।तर अब संविधान बन्यो ।यहि तरिकाले अब अगाडि बढ्ने हो भने संविधान मा लेखिएका अक्षर ले मात्र जनताले सुख पाउँद न । लोकतान्त्रिक पद्धति बलियो हुँद न । समाजवाद आउँदैन। तसर्थ अहिले नेपालमा स्थापनाको ७० बर्शपछी कम्युनिस्ट हरु मिलेका छन् । संविधान कार्यन्वयन गर्छौ , समाज्वाद ल्याउँछौ भनेक छन् । इतिहासले सिद्ध गरेको छ कि प्रत्येक कम्युनिस्त सरकार कुनै पनि काँग्रेसी सरकारभन्दा ज्यादा सफल छ । जनपक्षीय छ । तसर्थ हिजोको काँग्रेसी नालायकीले नेपाली जनतामा पारेको तुषारापात को हिसावकिताव गर्ने बेला आएको छ । कम्युनिस्टलाई भोट हाले अवसर आएको छ । तसर्थ यसपटक बाम्गठबन्धन्को पक्षमा , समाजवादको पक्षमा । काँग्रेस हरु साखुल्ले भएर आँफुलाई यसै गाउँठाउँको भन्दै, यसो गरें उसो गरेँ भन्दै अझै हिजोको नालायकी बिर्सेर चिल्ला कुरा गर्दैछन् । झापा १ मा यसको नमुना व्यापक देख्न पाइन्छ । जबकी यहि झापा १ मा वाम गठबन्धनका साझा उम्मेदवार राम कार्की समाजवादी कार्यक्रम कसरी लागू गरिन्छ ,अब कम्युनिस्ट हरुले के गर्छन् त्यो जनताले बुझ्ने गरि भन्दैछन् । झापा १ त निर्क्योल गरिसक्यो, कुनै कांग्रेसको उधारो आउटडेटेड गफ र नगदी रक्सी मासु मादल वितरणको भ्रममा नपरी समाजवादी सपना पूरा गर्न, समानता र सामाजिक न्यायले भरिपुर्ण नेपाल बनाउन वामपन्थी लाई भोट दिने । कम्युनिस्ट स्थिर सरकार बनाउने ।

Share.

Leave A Reply