रमपम झापा ११ लाई ए डिभिजन क्लवको मान्यता, ’ए’ डिभिजन लिगमा १६ टोली सहभागी हुने, होम एण्ड अवेमा खेलाउने निर्णय

0

झापा, २९ भदौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसै वर्षबाट ’ए’ डिभिजनमा सहभागी हुने क्लब संख्यालाई बढाएर १६ पुर्याउने भएको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले यो निर्णय लिएको हो । यसअघि १२ टोली रहेकोमा अब राष्ट्रिय लिग खेलेका मोफसलका ४ क्लबले पनि एन्फाको ’ए’ डिभिजनको मान्यता पाएका छन् ।

एन्फाले ’ए’ डिभिजन लिग पनि ’होम एण्ड अवे’ पद्दतिमा खेल्ने निर्णय लिएको छ । यसअघि ए डिभिजनमा रहेका सबै क्लब काठमाडौं उपत्यकाका थिए । एन्फाले अघिल्लो बैठकमा मंसिर दोस्रो साताबाट लिग आयोजना गर्ने जनाएको थियो ।
उपत्यकाका ’ए’ डिभिजन क्लबमा थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सरस्वति युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, र ब्रिगेड ब्वाइज क्लब रहेका छन् । त्यस्तै, मोफसलका क्लबमा रमपम झापा ११, मोरङ, रुपन्देही र सुदुरपश्चिम फुटबल क्लब रहेको एन्फाले जनाएको छ ।

Share.

Leave A Reply