राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालगञ्जमा आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन

0

विर्तामोड, ५ बैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालगञ्जमा आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटनअघि सहभागी ११ टोलीले मार्चपास गरेका थिए । सो अवसरमा विभिन्न जातजातिको वेशभूषासहितको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । राष्ट्रिय खेलकूद प्रतियोगिताका सदस्य सचिव केशवकुमार विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालको राष्ट्रिय झण्डासहित मार्चपास गरेका थिए । युवा तथा खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले झण्डोत्तोलन गर्नुभएको थियो । सो अवसरमा खेलाडीका तर्फबाट जुडोका सोनु भट्ट तथा निर्णायकका तर्फबाट भारोत्तोलनका पूर्व खेलाडी समसुद्दीन सिद्धिकीले शपथ लिनुभएको थियो । ००००००

Share.

Leave A Reply