रियल मड्रिड विजयी

0

काठमाडौं, २ असोज ।

स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गत् आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ ।

रियल मड्रिडले रियल सोसियाडाडलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । खेलमा रियललाई विजयी गराउने ग्यारेथ बेल र बोर्जा मायोरलले १–१ गोल गर्दा अर्को एक गोल रियलले उपहार पाएको थियो ।

जितसँगै जारी सिजनमा खेलेका चार खेलमा २ मा जित र २ मा बराबरी गरेको रियल मड्रिड ८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । शतप्रतिशत जित निकालेको बार्सिलोना समान खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ ।

Share.

Leave A Reply