रुपन्देहीको देवदहमा तरुण दलका एक जना कार्यकर्ताको हत्या, हत्यामा संलग्न भएको आशंकामा प्रहरीद्वारा ३ जना पक्राउ

0

विर्तामोड, २७ फागुन ।

रुपन्देहीको देवदहमा तरुण दलका एक जना कार्यकर्ताको हत्या भएको छ । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाका अनुसार देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको चिरपट र ढुङ्गाले हानेर गए राति हत्या भएको हो ।


देवदहबाट भलुहीतर्फ मोटरसाइकलमा आउँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि सडकबाट १ सय मिटर भित्र लगेर चिरपट, ढुङ्गा लगायतले हानेर हत्या गरिएको देवदह नगरपालिका प्रमुख हिरा खत्रीले जानकारी दिनुभयो । उनको छातीमा गहिरो चोट छ ।
गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेजमा लैजाने क्रममा ज्यान गएको हो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । ००००००

Share.

Leave A Reply