रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकाल्यो, किंग्स इलाभेन पन्जाव ८ विकेटले पराजित

0

विर्तामोड, १ बैशाख ।

रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । शनिबार राती सम्पन २८ औं खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो । यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित भएको थियो । १ सय ७४ रनको लक्ष्य पछ्पाएको बेंगालेरले ४ बल अगाडीनै २ विकेटको क्षतिमा पुरा गर्यो । बेंगलोरको जितमा नायक बनेका एवी डी भिलियर्स ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै रनमा ५९ अविजित रहे । मार्कस स्टोइनिसले १६ बलमा ४ चौका सहित २८ रन जोडे । ओपनर तथा कप्तान विराट कोहलीले ५३ बलमा ८ चौका प्रहार गर्दै ६७ रनमा आउट भए । कोहलीलाई १६ ओभरको तेस्रो बलमा मोहम्मद सामीले मुरुगन आश्विनबाट क्याच आउट गराए । त्यस अघि पार्थिव पटेलसँग कोहलीले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । चौथो ओभरको पाँचौ बलमा आश्विनले क्याच आउट गराउनु अघि ९ बलमा ४ चौका प्रहार गर्दै १९ रनमा पेभिलिएन फर्के । कोहली र एवी डी भिलियर्सले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै इनिङ्स उकासे । १८ औं ओभरका एन्ड्रयू टाईलाई मार्कस स्टोइनिसले २ चौका र डी भिलियसले १ छक्का प्रहार गर्दै कुल १८ रन जोडेपछि बेंगलोरको जित सहज बनेको थियो । पन्जावका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले समान १ विकेट लिए । त्यस अघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो । ००००००

Share.

Leave A Reply