लुक्लामा विमान र हेलिकोप्टर ठोक्किए, दुई जनाको मृत्यु

0

काठमाडौं ,१ बैशाख ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुईको मृत्यु भएको छ । लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।विमान र हेलिकोप्टर ठोक्किँदा रनवे मै रहेका नेपाल प्रहरीका एक जना सहायक निरीक्षक र एक प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका हेलिकोप्टरका पाइलट, विमानका को–पाइलट र परिचालिकालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।बिहान ९ बजेर ७ मिनेटमा विमान उड्ने क्रममा रनवेमा चिप्लिँदा हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको हो । विमान र हेलिकोप्टर ठोक्किँदा लागेको आगो भने नियन्त्रणमा लिइएको छ । ००००००००

Share.

Leave A Reply