वंशजको आधारमा नागरिकता लिन खोज्दा पक्राउ परेका भारतीय नागरिक भूपाल गुरुङ पुर्पक्षका लागि झापा कारागार चलान, कचनकवल २ का बमबहादुर गुरुङ धरौटी बुझाएर तारिखमा रिहा

0

विर्तामोड, ७ जेठ ।


नेपालमा आएर वंशजको आधारमा नागरिकता लिन खोज्दा पक्राउ परेका भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ । भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ धरौटी बुझाएर तारिखमा रिहा भएका छन् । भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्ला बस्ने भूपाल र बमबहादुरलाई प्रहरीले प्रशासन कार्यालयबाटै वैशाख १० गते पक्राउ गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापाले जेठ ३ गते अदालतमा लगेर मुद्दा दर्ता गराएको थियो । जेठ ३ गते शुक्रबार परेकाले अदालतले दुवै जनाको बयान मात्र लिए । आइतबार न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले थुनछेकको आदेश सुनाउँदै भारतीय नागरिक भूपाललाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका उपसचिव तथा श्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । न्यायाधीश भुपालकै थुनछेक आदेश बमोजिम नेपाली नागरिक बमबहादुरलाई ३० हजार धरौटी तिराएर तारिखमा रिहा गरेको स्रेस्तेदार खनालको भनाइ छ । ०००००

Share.

Leave A Reply