विप्लवका कार्यकर्ताद्वारा झापा गाउँपालिकामा एउटा स्कुल बस तोडफोड

0

विर्तामोड, ५ बैशाख ।

नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले झापामा एउटा स्कुल बस तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै विप्लव कार्यकर्ताले झापा गाउँपालिका ९ कुवारी भन्ने स्थानमा गौतम बुद्ध बोडिङ स्कुलको मे १ ख १९३४ नम्बरको बस तोडफोड गरेका हुन् । प्रहरी कार्यालय झापाका अनुसार डिस्कभर बाइकमा चढेर आएका दुई जना अपरिचितले सडकमा गुडिरहेको बसलाई रोकेर तोडफोड गरेका थिए । तोडफोडबाट स्कूल बसको अगाडिको सिसा फुटेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्कूल बसमा विद्यार्थी नरहेकोले कुनै मानवीय क्षति भने भएको छैन । यता विप्लवले नेकपाका गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्ध र पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै आज नेपाल बन्दको आव्हान गरेका थिए । विप्लवको बन्दले झापा जिल्लामा सामान्य प्रभाव परेको छ । भद्रपुर, बिर्तामोड, मेचीनगर, दमक लगायतका मुख्य शहरहरूमा बजार तथा पसल खुल्ला छ । पूर्व पश्चिम तथा सहायक राजमार्गहरुमा यातायातका सवारी साधन चलेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । ००००००

Share.

Leave A Reply