‘विप्लव’ नेतृत्वको नेकपाका मेची ब्युरो सदस्यसहित दुई कार्यकर्ता विर्तामोडबाट पक्राउ, यस विषयमा केही भन्न नमिल्ने प्रहरीको जिकिर

0

विर्तामोड, ३० चैत ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मेची ब्युरो सदस्यसहित दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नेकपा ब्युरो सदस्य इलाम नगरपालिका–११ का जितमान राई ‘मौसम’ र इलामका जिल्ला सदस्य कुशल पन्धाक रहेका छन् । पक्राउ परेका दुवैलाई प्रहरी कार्यालय झापामा राखिएको छ । तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले यस विषयमा केही भन्न नमिल्ने बताउनुभयो । ००००००

Share.

Leave A Reply