विभिन्न माध्यमबाट सरकारविरुद्ध भ्रम छर्ने कामहरू भइरहेको प्रधानमन्त्री ओलीको भनाइ, अब दुनियाँको कुनै पनि ताकतले आफूहरुलाई हराउन नसक्ने नेकपा अध्यक्ष दाहालको दाबी

0

विर्तामोड, ३ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न माध्यमबाट सरकारविरुद्ध भ्रम छर्ने कामहरू भइरहेको बताउनु भएको छ । २६औं मदन आश्रित दिवसको अवसरमा आज मदन नगर बल्खुमा भएको श्रद्धाञ्जलिसभामा बोल्दै प्रधानमन्त्री ओलीले गलत कुराहरूको प्रचार गर्ने तर सरकारका राम्रा कामहरूको प्रचार नगरिएको भन्दै यस्ता भ्रमबाट बच्न कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्ने कुनै ठाउँ नभेटिएपछि विरोधीहरू नीति तथा कार्यक्रमको विरोध गर्न केन्द्रित भएको आरोप लगाउनु भएको छ ।
त्यस्तै, ओलीले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग भएको मेरो सरकार भन्ने शब्दका विषयमा बुद्धीजीवीहरूले समेत स्याल हुइँया मच्चाएको आरोप समेत लगाउनु भयो । ओलीले विभिन्न प्रतिक्रियावादी शक्तिहरूले पार्टी एकीकरण बिथोल्न खोजे पनि आफूहरू त्यस्ता भ्रम चिर्न सफल भएको दाबी छ । ओलीले पार्टी नेताहरूले दिने अभिव्यक्तिमा पनि सजगता अपनाउन आग्रह गर्नुभयो । आन्तरिक कुराहरू के हुन् भन्ने कुरामा जानकार हुन र आवेश रोक्न उहाँले आफ्ना नेताहरूलाई आग्रह गर्नुभयो । आफ्नो पार्टीका नेताहरू पैसा कमाउनका लागि राजनीतिमा नलागेको स्पष्ट पार्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै मदन भण्डारीको विचारलाई मन्त्र वा धर्म शास्त्रका रूपमा मात्र नभई परिमार्जित रूपमा अगाडि बढाउनुपर्ने ओलीको धारणा थियो । त्यस्तै, प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गा प्रकरणका विषय आफ्नो सरकारले छानबिन सुरु गरेको बताउनु भएको छ । उहाँले आफ्नो पालामा बालुवाटारको जग्गा प्रकरणको छानबिन गर्दा उल्टै आफूहरूविरुद्ध आरोप लागेको बताउनु भयो । उहाँले आफ्नै पालामा सुनकाण्डको पनि अनुसन्धान सुरु गरेको दाबी गर्नुभयो । उहाँले सुनकाण्डको अनुसन्धान तथा छानबिनमा पनि आफूहरूलाई जस नदिएको आरोप लगाउनु भयो ।


यसैबीच, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब दुनियाँको कुनै पनि ताकतले आफूहरुलाई हराउन नसक्ने बताउनु भएको छ । आज बल्खुमा मदन आश्रित स्मृति दिवस तथा नेकपा पार्टी एकताको वर्षको अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै २००७ सालदेखिको कम्युनिष्टहरुलाई अपमानित गर्ने प्रवृति हालसम्म पनि रहेको र त्यसबाट आफूहरु भने विचलित नभएको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने क्रियाकलाप आफूहरुले देखेको तर आफ्ना कार्यकर्ताको त्याग र तपस्याको परिणामले त्यो अर्थपूर्ण भएको बताउनु भयो । प्रचण्डले विकासवादको नयाँ मोडल दिने चुनौती स्वीकार गर्दै आफ्नो पार्टी अघि बढेको बताउनु भयो । ’०००००००

Share.

Leave A Reply