विराट सहकारीद्वारा आयोजित विर्तामोड नगरको अन्तरवडास्तरीय भलिवल प्रतियोगितामा वडा नम्वर ३, ५, ६ र ७ विजयी

0

विर्तामोड, २४ माघ ।
विराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आजदेखि आयोजित विर्तामोड नगरको अन्तरवडास्तरीय भलिवल प्रतियोगितामा वडा नम्वर ३, ५, ६ र ७ विजयी भएका छन् । विजयी वडाबीच भोलि हुने भनिएका सेमिफाइनलका खेलहरु प्राविधिक कारणले पर्सी २६ गतेसम्मलाई सरेको आयोजक समितिका सचिव रुद्र सिटौलाले जानकारी दिनुभयो ।

आजका खेलमा वडाभन्दा वाहिरका पनि खेलाडी खेलाएको भन्दै वडा नम्वर ५ र ६ विरुद्ध वडा नम्वर २ र ४ ले उजुरी गरेपछि त्यसको विषयमा छानविन भइरहेको आयोजकले जानकारी दिएको छ । सेमिफाइनलका खेलहरु माघ २६ गते अनारमनी पव्लिक क्याम्पसमा सञ्चालन गरिने विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सिटौलाले जानकारी दिनुभयो । ०००००००

Share.

Leave A Reply