विर्तामोड नगरको प्रथम अन्तरवडास्तरीय भलिवल प्रतियोगितामा माघ २४ गते भएका सबै खेल रद्द, भोलि र पर्सी पुनः खेलाडी दर्ता गरी माघ २९ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने

0

विर्तामोड, २५ माघ ।
विराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजित विर्तामोड नगरको प्रथम अन्तरवडास्तरीय भलिवल प्रतियोगितामा माघ २४ गते भएका सबै खेल रद्द गरिएको छ । वडाभन्दा वाहिरका पनि खेलाडी खेलाएको भन्दै वडा नम्वर ५ र ६ का विरुद्ध वडा नम्वर २ र ४ ले उजुरी गरेपछि त्यसको विषयमा छानविन गर्दा सबै खेल रद्द गर्ने सहमति भएको आयोजक समितिका सचिव रुद्र सिटौलाले जानकारी दिनुभयो ।

साथै, माघ २६ र २७ गते पुनः खेलाडी दर्ता गरी २९ गते मंगलबारबाट पुनः खेल सञ्चालन गर्ने सहमति भएको जनाइएको छ । विर्तामोड नगरका उपमेयर पवित्रा महतारा प्रसाईं, वडाध्यक्षहरु लगायतको सर्वपक्षीय बैठकले प्रतियोगिता सञ्चालनका लागि नयाँ प्रक्रिया प्रारम्भ गर्ने सहमति गरेको हो । सबै खेल अनारमनी पव्लिक क्याम्पसमा सञ्चालन गरिने विराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोहन सिवाकोटीले जानकारी दिनुभयो । ०००००००

Share.

Leave A Reply