विर्तामोड नगरपालिकाद्वारा घर वहाल कर सम्वन्धि छलफल सुरु, सरोकारवालाको सुझावपछि कर कार्यान्वयन सहज हुने विश्वास

0

विर्तामोड, २८ माघ ।
विर्तामोड नगरपालिकाले आज घर वहाल सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । चालु आर्थिक वर्षदेखि घर वहालकर सबै स्थानीय तहले उठाउने भएका छन् । संविधानमा करको वाँडफाँडमा घरवहाल कर स्थानीय तहले उठाउनु पर्ने भागमा परेको छ । झापाको विर्तामोड, दमक जस्ता सघन वसोवास भएका वजार क्षेत्र भएका नगरमा घर वहाल कर अधिक उठने गरेको छ ।

दश प्रतिशत घर वहाल कर उठाउने विषयमा विर्तामोड नगरपालिकाले आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको र सरोकारवालाको सुझावपछि कर कार्यान्वयनका लागि सहजता हुने विर्तामोड नगरका प्रवक्ता तथा वडा नम्वर १ का अध्यक्ष अग्नि पाण्डेले जानकारी दिनुभयो । अन्तरक्रियामा घर वहाल कर बैज्ञानिक तवरले उठाउनु पर्ने, १० हजार सम्म वाहल कर तिर्नेलाई कर छुट दिनुपर्ने, जुन ठाउँबाट जति कर उठ्छ त्यो रकम सोही ठाउँमा खर्च गर्नु पर्ने स्थानीयले माग गरेका छन् । नगरपालिकाले घर जग्गा बाहाल करलाई प्रभावकारी ढंगवाट चुहावट नगरी संकलन गर्ने प्रणालीको बिकास गर्ने, शहरको सैन्दर्य अभिवृद्धि गर्ने र ग्रामिण जनताको जीवनस्तरमा सुधार गर्ने आवाश्यक पर्ने स्रोत संकलन गर्ने साथै प्राप्त राजश्व संम्बन्धित क्षेत्रको विकासमै लगानी गर्ने नगरपालिकाका अधिकृत देवराज कार्कीले बताउनुभयो । बिर्तामोड क्षेत्रबाट मात्र १० प्रतिशत घर वहाल कर उठाउन सके ६० करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन हुने अनुमान गरिएको छ । ०००००००

Share.

Leave A Reply