विर्तामोड नगरपालिकाद्वारा १० वटै वडाका २१ जना महिलालाई फेब्रिकको माला र व्याच बनाउने तालिम

0

विर्तामोड, १ चैत ।

विर्तामोड नगरपालिकाले १० वटै वडाका २१ जना महिलालाई फेब्रिकको माला र व्याच बनाउने तालिम दिएको छ । तालिम समापन समारोहलाई सम्वोधन गर्दै मेयर धुर्वकुमार शिवाकोटीले तालिमबाट सिकेको सीपलाई उद्यममा रुपान्तरण गर्न सहभागीलाई आग्रह गर्नु भएको छ । मानिस स्रोतले होइन, सोचले सम्पन्न हुनुपर्छ, मेयर शिवाकोटीले भन्नुभयो, २१ जनाले सामुहिक रुपमा यो माला बनाउने उद्यम सञ्चालन गर्नुहोस्, कसैले सम्पन्न हुनबाट तपाईंलाई रोक्न सक्तैन । ८ मार्चमा सुरु गरी एक हप्तासम्म सञ्चालित तालिममा उत्पादन भएका माला अधिक आकर्षक थिए । ती मालाले राम्रो वजार पाउने मेयर शिवाकोटीले बताउनुभयो । विर्तामोड ३ का अध्यक्ष भोजराज सिटौलाको अध्यक्षतामा भएको समापन समारोहमा विर्तामोड १ का अध्यक्ष तथा नगरका प्रवक्ता अग्नि पाण्डे, ५ नम्वर वडा अध्यक्ष राजेन्द्र लिङदेन लगायतले अहिले माला उत्पादन गरेर स्टक गर्ने हो भने पर्वका समयमा अधिक खपत हुने धारणा राख्नुभयो । ०००००००

Share.

Leave A Reply