विर्तामोड नगरपालिकाद्वारा आफ्नै लगानीमा वडा नम्वर १० को लक्ष्मीनारायण टोलमा खासवर्ण बक्स कल्भर्ट निर्माण सुरु, आगामी असारसम्ममा काम सम्पन्न गर्न मेयर शिवाकोटीको निर्देशन

0

विर्तामोड, १ चैत ।

विर्तामोड नगरपालिकाले आफ्नै लगानीमा वडा नम्वर १० को लक्ष्मीनारायण टोलमा खासवर्ण बक्स कल्भर्ट निर्माण गर्न थालेको छ । ४९ लाख ६० हजार रुपैयाँमा निर्माण हुने कल्भर्टको मेयर धुर्वकुमार शिवाकोटीले एक कार्यक्रमका बीच सिलान्यास गर्नुभयो । नौ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको भए पनि आगामी असारसम्ममा कल्भर्टमाथिबाट हिँड्ने गरी बनाउनुस्, मेयर शिवाकोटीले भन्नुभयो, यो वर्ष स्थानीय स्कुल जाने बालबालिकाले कष्ट झेल्नु नपरोस् ।


अनिवार्य निर्माण सेवा काठमाडौंले ठेक्का लिई काम सुरु गरेको छ । नगरका इन्जिनियर डिल्लीराम गौतमका अनुसार ३ मिटर उचाई, ६ मिटर चौडाई र ८ मिटर लम्वाईको कल्भर्ट बन्ने छ । विर्तामोड नगरका शाखा अधिकृत देवराज कार्कीले नगरस्तरीय योजना रहेकाले काम तीब्र हुने बताउनुभयो । उहाँले भन्नुभयो, लगानी र दायित्व सबै नगरकै हो, यहाँको सबै समस्या हामीले देखेका छौं । यो वर्ष नै दुख झेल्नु पर्दैन । सिलान्यास कार्यक्रममा १० नम्वर वडाका जनप्रतिनिधिसहित स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो । नगरले कामको भुक्तानी समयमा गरे असार सम्ममा काम सक्ने गरी काम गर्ने निर्माण व्यवसायी खड्ग अम्गाईंले बताउनु भएको छ । ००००००

Share.

Leave A Reply