विर्तामोड नगरपालिकामा भद्रपुर रोडको निर्माण गुणस्तरबारे प्रमुख प्रशासकीय अधिकृत र स्थानीयबीच घम्साघम्सी

0

विर्तामोड, २३ चैत ।

झापा विर्तामोडको भद्रपुर रोडमा निर्माण भइरहेको चार किलोमिटर सडक निर्माणको गुणस्तरमा स्थानीयले शंका व्यक्त गरेका छन् । बेस लगाउनु पर्ने ठाउँमा नालीको फोहोर हालेर पेल्न थालेको तथा नाली निर्माणमा गुणस्तरीय काम नभएको भन्दै स्थानीयले नगरपालिकामा गुनासो गरेका हुन् ।

तर, सो समयमा विर्तामोडका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र आफुलाई उपभोक्ता समितिको अध्यक्ष बताउने चैतन्य मैनालीले ठेकेदारको बचाउ गर्न थालेपछि स्थानीय आक्रोशित बनेका थिए । चेम्वर अफ कमर्श झापा र विर्तामोड उधोग वाणिज्य संघका प्रतिनिधि व्यवसायीलाई विर्तामोडको बेहोरा नदेखाउन अधिकृत खतिवडाले चेतावनी दिएका थिए । सो पछि स्थिति तनावपूर्ण बनेको थियो । बाटोमा ढल निर्माण आगामी असार मसान्त सम्ममा सक्ने भनी ठेकेदारले कार्ययोजना बुझाएका भए पनि सो अनुसार काम भएको छैन । ०००००००

Share.

Leave A Reply