विर्तामोड नगरपालिकाले ४२ लाख रुपैयाँको कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्नु पर्ने, झापाका सबै तहको विवरण पनि

0

विर्तामोड, ३१ बैशाख ।

अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ । बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भइसकेको छ । सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ लाखलाई रोजगारी दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्षभित्र १ लाख भन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागिएको हो । बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
झापाका स्थानीय तहमध्ये अर्जुनधाराले ३० लाख, कन्काईले २० लाख, गौरादहले २६ लाख, दमकले ३९ लाख, विर्तामोडले ४२ लाख, भद्रपुरले ३३ लाख, मेचीनगरले ५६ लाख र शिवसताक्षी नगरपालिकाले ३२ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, कचनकबलले १९ लाख, कमलले २२ लाख, गौरिगञ्जले १६ लाख, झापाले १६ लाख, बाह्रदशीले १६ लाख, बुद्धशान्तिले २१ लाख र हल्दिवारीले १४ लाख रुपैयाँ सशर्त अनुदान पाएका छन् । ०००००००

Share.

Leave A Reply