वि एण्ड सी टिचिङ अस्पतालद्वारा झापा विर्तामोडको मोहनमाया माविमा ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन बनाउने तयारी

0

विर्तामोड, २८ माघ ।
झापाको विर्तामोडमा सञ्चालित वि एण्ड सी टिचिङ अस्पतालले स्थानीय मोहनमाया माविमा विद्यालय भवन बनाई दिने भएको छ । चालु शैक्षिक सत्रबाट एमविविएस शिक्षणका लागि समेत अनुमति प्राप्त गर्ने अवस्थामा रहेको वि एण्ड सी टिचिङ अस्पतालले सामाजिक उत्तरदायित्व महसुस गर्दै सुस्त श्रवण तथा सुस्त मनस्थिति भएका विद्यार्थीका लागि ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन बनाउने भएको हो ।

श्रीपञ्चमीको शुभ साइतमा अस्पतालका अध्यक्ष इन्दिरा गिरी र प्रबन्ध निर्देशक दुर्गा प्रसाईंले संयुक्त रुपमा भवन सिलान्यास गर्नु भएको छ । आज सिलान्यास गरिएको भवन ३ महिनाभित्र निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने योजनाका साथ काम भइरहेको अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीले जानकारी दिनुभयो । वि एण्ड सी टिचिङ अस्पतालले एमविविएस कक्षा सञ्चालन गर्ने भएपछि आफ्नो सेवाको दररेट पनि घटाएको छ ।

Share.

Leave A Reply