शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ४४ जनालाई रोजगारी दिने

0

विर्तामोड, २३ जेठ ।

झापाको शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ४४ जनालाई रोजगार दिने भएको छ । नगरपालिकाले असारको पहिलो हप्ता भित्रमा रोजगारी प्रदान गर्ने जनाएको हो । रोजगारीका लागि नगरभित्रबाट १६ सय आवेदन परेको थियो । जसमा १ सय ४४ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनोट भएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिनुभयो । दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी ३० दिनका लागि छनोटमा परेका श्रमिकले नगरका वडा कार्यालय र नगरपालिका जोड्ने सडक मर्मत गर्ने, बजार क्षेत्र सरसफाई, तटबन्धन गरिएको स्थानमा बृक्षारोण गर्ने, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाइ गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने कार्यहरु गर्ने नगरपालिकाकाले जनाएको छ । ००००००००

Share.

Leave A Reply