सरकारको अधिनायकवादी शैली बन्द गर भन्दै झापाको विर्तामोडमा कांग्रेसका महिलाको प्रदर्शन

0

विर्तामोड, २६ माघ ।

नेपाल महिला संघले आज देशब्यापी विरोध प्रदर्शन गरेको छ । सरकारको अधिनायकवादी शैलीका विरुद्ध सदन र सडकबाट चरणबद्ध आन्दोलन थालेको नेपाली कांग्रेस र सम्बद्ध संघ–संगठनको विरोध कार्यक्रम अन्तरगत आज नेपाल महिला संघले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको हो । देशब्यापी कार्यक्रम अन्तर्गत आज झापाको विर्तामोडमा पनि विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ ।

नेपाल महिला संघ झापाको आयोजनामा सम्पन्न विरोध प्रदर्शनमा सहभागी महिलाहरुले ‘सरकारको अधिनायकवादी शैली बन्द गर, संसदीय मर्यादा पालना गर, हत्या, हिंसा बन्द गर, निर्मलाका हत्यारालाई कारबाही गर, आकासिदो महङ्गी नियन्त्रण गर, चर्को मूल्य बृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए । विर्तामोडको मुक्तिचोक आसपासमा नाराजुलुससहित प्रदर्शनपछि नेपाल महिला संघ झापाका अध्यक्ष सुशीला ढकालको सभापतित्वमा कोणसभा सम्पन्न भएको थियो । नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो । उर्मिला पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन टीका मैनालीले गर्नुभएको थियो । ०००००००

Share.

Leave A Reply