सरकारद्वारा नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत

0

विर्तामोड, १ चैत ।

unfinished automobiles in a car plant

सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको छ । आज बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोर्टेक्सले नेपालमा ल्याउन लागेको १० अर्ब बढीको लगानी स्वीकृत गरेको हो । कोरियन कम्पनीले १० अर्ब ५४ करोड रुपैयाँ खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव बोर्ड समक्ष गरेको थियो । आज साँझ प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसअघि नेपालमा गोल्छा समूहको हुलास मोटर्सले चारपांग्रे सवारीको एसेम्बलिङ गरेको थियो । हाल सो कम्पनीबाट गाडीको उत्पादन बन्द भइसकेको छ । यही कम्पनीले बनाएको मुस्ताङ ब्राण्डको सो गाडी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गर्नु भएको थियो । त्यसअघि कम्पनीले ‘शेर्पा’ नामको गाडी नेपालमै एसेम्बल गरेको थियो । तर, यूरो ३ को मापदण्ड लागू भएपछि एक वर्षको समय माग्दा सरकारले नदिएपछि कम्पनी बन्द भएको थियो । नेपालमा हाल दुई पांग्रे गोल्छा समूहकै अगुवाईमा बजाजका केही बाइकहरु एसेम्बलिङ हुने गरेका छन् ।
यसैगरी बोर्ड बैठकले निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँच मार्गका सम्बन्धमा देखिएको समसया समाधान गर्न स्थानीय जिल्ला प्रशासन प्रशान कार्यालयको नेतृत्वमा एक कार्यदल बनाएको छ । यो कार्यदलले दिने सुझावका आधारमा अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँचमार्गको समस्या हल गर्ने योजना बोर्डको छ ।
यस्तै बोर्डले आगामी चैतको १४ र १५ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका राख्ने गरी ६० भन्दा बढी आयोजनालाई सूचीकृत गर्ने निर्णय गरेको छ । योजना आयोगले पहिचान गरेका ४५ वटा र विभिन्न निजी क्षेत्रबाट प्रस्तावित १७ वटा आयोजनालाई लगानी सम्मेलनमा लगानीको आह्वान गर्दै राखिने प्रमुख कार्याकारी अधिकेृत अधिकारीले बताउनुभयो । यसअनुसार सम्मेलनमा जलविद्युत, ऊर्जा, पर्यटन, कृष,ि शहरी विकास, लगायतका विभिन्न क्षेत्रका ६२ आयोजना राखिने भएको छ । ००००००

Share.

Leave A Reply