सरकारद्वारा सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक बिदा, झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय

0

विर्तामोड, २९ चैत ।

सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सरकारले अघिल्लो वर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले बिदाको माग राखेका थिए । तराइमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी ) समुदायले सिरुवा मनाउने चलन रहेको छ । २०७६ साल नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेका छन् । पहिलो दिन पानी, दोस्रो दिन हिलो र अन्तिम दिन रंग सिरुवा पर्व धुमधामका साथ मनाउने गरेको राजवंशी विकास समिति झापाका अध्यक्ष पुकारचन्द्र राजवंशीले जानकारी दिनुभयो । ००००००

Share.

Leave A Reply