साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित सात जना प्रवासी महिलाको हत्या

0

विर्तामोड, ३१ बैशाख ।

साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित सात जना प्रवासी महिलाको हत्या भएको छ । हत्या गरिएका धेरै महिला एसियाका हुन् । यो घटनापछि अहिले साइप्रसमा त्रास र भय उत्पन्न भएको छ । यो देशमा सिरियल किलिंगलाई लिएर मानिसहरुमा आक्रोश देखिएको छ । मानिसहरुले आफ्नो रिस प्रहरी प्रशासनमाथि पोखेका छन् । मिडिया रिपोर्टका अनुसार, अप्रिलदेखि अहिलेसम्म सात जना प्रवासी महिलाको हत्या भएको हो, जसमा एक जना नेपाली र चार जना फिलिपिन्सका महिला रहेका छन् । त्यसैगरी हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका दुई जना बालिका पनि रहेका छन् । यो हत्यालाई लिएर अहिले मानिसहरु सडकमा आएका छन् र विरोध जनाइरहेका छन् । पछिल्लो दिन राजधानी निकोसियामा भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुले भाग लिएका थिए । हत्या गरिएका महिलाहरुको परिचय भने खुलाइएको छैन । ००००००

Share.

Leave A Reply