सामुदायिक वनहरूले आफ्नो आम्दानीको १० प्रतिशत स्थानीय तहलाई दिनुपर्ने

0

विर्तामोड, २८ माघ ।
सामुदायिक वनहरूले आफ्नो आम्दानीको दस प्रतिशत स्थानीय तहलाई दिनुपर्ने भएको छ । प्रतिनिधिसभाको कानुन समितिले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गर्दै सामुदायिक वनले स्थानीय तहलाई आय दिनुपर्ने व्यवस्था राखेको हो ।

सरकारले सामुदायिक वनको आयको पच्चिस प्रतिशत स्थानीय तहलाई बुझाउनुपर्ने गरी स्थानीय सरकार सञ्चालन ऐनमा संशोधन ल्याएको थियो । तर, समितिले सरकारको प्रस्तावलाई परिमार्जन गर्दै दस प्रतिशत रकम मात्र दिए पुग्ने व्यवस्था गरेको हो । हालसम्म सामुदायिक वन उपभोक्ता समितिहरूले आफ्नो आय दिनुपर्ने कुनै कानुनी व्यवस्था छैन । नयाँ प्रावधान प्रतिनिधिसभा र राष्ट्रियसभाबाट कानुनको रूपमा आएपछि लागू हुनेछ । त्यस्तै, अबदेखि सामुदायिक वनहरूले आफ्नो वन पैदावर विक्री तथा उपयोगसम्बन्धी कार्ययोजना तयार गरी स्थानीय तहमा बुझाउनुपर्ने व्यवस्था समेत ऐनमा राखिने भएको छ । सरकारले स्थानीय तहको आयको स्रोतका रूपमा सामुदायिक वनहरूलाई समेत पहिचान गरेपछि नयाँ व्यवस्था गरिएको हो । ०००००

Share.

Leave A Reply