सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल–बाशीर गिरफ्तार, सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन जारी

0

विर्तामोड, २९ चैत ।

इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल–बाशीरलाई पदच्युत गरेर गिरफ्तार गरिएको रक्षामन्त्रीले बताएका छन् । सरकारी टेलिभिजनमा बोल्दै देशको सेनाले अब दुई वर्षे संक्रमणकालको जिम्मा लिने र त्यसपछि निर्वाचन हुने रक्षामन्त्रीले बताए । उनले देशमा तीन महिनाको लागि संकटकाल लागू गरिएको पनि जानकारी दिएका छन् । कडा शासकका रुपमा चिनिएका बाशीर जसरी सत्तामा आएका थिए, बहिर्गमन पनि त्यसरी नै भएको छ । सुडानी सेनाद्वारा पदच्युत गरिएका बाशीरको शासनकालमा भएका घटनाहरू त्यहाँको राजनीतिक परिवर्तनका महत्वपूर्ण पाटाका रूपमासमेत हेर्ने गरिएको छ । उनले सन् १९८९ मा कू गरेर सत्ता हत्याएका थिए । अहिले सुडानी सेनाले पनि उनलाई कु नै गरेर हटाइदिएको छ । पछिल्लो समयमा झण्डै चार महिनादेखि उनीविरुद्धमा भएको आन्दोलनको आडमा सेनाले उनलाई हटाएको हो । सेनाले अब दुई वर्षमा निर्वाचन गराएर लोकतान्त्रिक प्रक्रिया मार्फत् सत्ता हस्तान्तरण गर्ने जनाएको छ ।


यसैबीच, सुडानमा सेनाले सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन भैरहेको छ । राजधानी खार्तुममा हजारौँ नागरिक सैनिक ‘कु’ पछि लगाइएको कफ्र्युको उल्लंघन गर्दै विरोधमा उत्रिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । चार महिना लामो आन्दोलनपछि सेनाले राष्ट्रपति ओमार अल बाशीरलाई गए राति पदमुक्त गरिएको घोषणा गरेको हो । तर, प्रदर्शनकारीले सेना परिषद्मा एउटै शासक भएको भन्दै विरोध गरेका हुन् । संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले भने दुवै पक्षलाई शान्त रहन अपील गरेको छ । ०००००

Share.

Leave A Reply