स्टार युवा स्ट्राइकर एमबाप्पे आउँदो सिजन पनि फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीमै रहने

0

विर्तामोड, ७ जेठ ।

स्टार युवा स्ट्राइकर केलियन एमबाप्पे आउँदो सिजन पनि फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मै रहने भएका छन् । एमबाप्पेले यहि सिजन क्लब छोड्न सक्ने खबर आइरहेका बेला फ्रान्सेली च्याम्पियन पिएसजीले संयुक्त रुपमा बन्दै आएको इतिहास आउँदो सिजन पनि निरन्तर रहने बताएको हो । विश्वकप विजेता फ्रान्सेली युवा खेलाडी एमबाप्पेले आइतबार लिग वान वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले अवार्ड स्वीकार गरेपछिको सम्बोधनमा नयाँ प्रोजेक्टका लागि सोचिरहेको र त्यो जहाँ पनि हुन सक्ने बताएका थिए ।
२० वर्षका एमबाप्पेलाई त्यसबारे स्पष्ट पार्न आग्रह गर्दा आफूले भन्नु पर्ने कुरा भनि सकेको बताएका थिए । पिएसजीले जारी गरेको वक्तव्यमा क्लब र एमबाप्पेबीच निकै बलियो सम्बन्ध रहेको र त्यसैले आफूहरुलाई एक गरेर राखेको उल्लेख गरिएको छ । एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजी आएका थिए । उनले पिएसजीका लागि ८६ खेलमा ५९ गोल गरेका छन् । यस्तै दुईपटक लिग वानको उपाधि र एक पटक फ्रेन्च कपको उपाधि जितेका छन् । तर यो सिजन च्याम्पियन्स लिग फुटबलमा भने अन्तिम १६ बाटै बाहिरियो । एमबाप्पे यो सिजन लिग वानका सर्वाधिक गोलकर्ता हुन्, उनले ३२ गोल गरेका छन् । ००००००

Share.

Leave A Reply