स्थानीय निर्वाचनमार्फत बदलिएको राजनीतिक शक्ति सन्तुलन 

0

 

पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनबाट एमाले पहिलो दल बन्यो । पहिलो चरणमा २८३ र दोश्रोमा ३३४ गरी ६१७ स्थानमा निर्वाचन हुँदा एमालेले २७८ सिटमा प्रमुख जित्यो । कांग्रेसले प्रमुखमा २२५ सिट जित्यो । प्रमुखमा कांग्रेसभन्दा एमाले ५८ सिटले बढी छ । ८४ सिटमा मात्र प्रमुख जितेर माओवादी केन्द्र तेश्रो बन्यो । प्रमुखलाई आधार मान्दा एमालेले करिव ४५, कांग्रेसले ३६ र माओवादी केन्द्रले १३ प्रतिशत सिट पाएको देखिन्छ ।

असोज २ मा हुने प्रदेश न.२ को तेश्रो चरणको निर्वाचनमा तुलनात्मक कमजोर प्रतिनिधित्व हँुदा पनि एमाले स्थानीय सरकार संचालनमा  पहिलो ठूलो दल नै हुन्छ । किनकी एमालेलाई उछिन्न कांग्रेसले एक्लैले प्रदेश–२ का आठ जिल्लाका १२७ सिटमा ६० प्रतिशत मत ल्याउनुपर्छ, जुन संभव छैन् । फेरी यसविचमा लाहान, राजबिराज, बीरगन्जमा मधेशी अगुवाको एमाले प्रबेश, तराईका २० मध्ये १२ जिल्लाको एमाले अनुकूलको परिणामले मधेशी मतदाताको मनोबिज्ञानमा पार्ने सकारात्मक प्रभाव छदैछ । राजेन्द्र महतोकै भाषामा भन्दा प्रदेश २ मा पनि एमाले पहिलो दल बन्नसक्छ । उपप्रमुखतर्फका सिट गणना गर्ने हो भने एमालेले एक्लै ५० प्रतिशतभन्दा बढी सिट जितेको देखिन्छ । यो एमालेप्रतिको जनताको वास्तविक अभिमत हो ।

त्यसैले जननिर्वाचित संविधानसभाको ९२ प्रतिशत शक्तिद्वारा बनाईएको नयाँ संविधान कार्यान्वयनको पहिलो चरणको जनमत एमालेको पक्षमा देखिन्छ । यो निर्वाचनले २०७० को जनमत फेरिदिएको छ । २०७० को संबिधानसभाको निर्वाचनमा पहिलो भएको कांग्रेस दोश्रो स्थानमा संकुचित भयो भने दोश्रो भएको एमाले पहिलो हैसियतमा पुग्यो । परिणामका पक्ष÷विपक्षमा आएका तर्कयुक्त÷तथ्यहिन दुबै खाले वहसलाई मान्दा वा वास्ता नगर्दा पनि प्राप्त हुने एकमात्र सही निष्कर्ष हो–अव एमाले पहिलो ठूलो दल हो । माओवादी केन्द्रले आफ्नो तेश्रो स्थान सुरक्षित गरेकै छ । अर्थात स्थानीय निर्वाचनले नेपाली राजनीतिक परिदृश्यमै परिवर्तन ल्यायो । एकातिर दलहरुको हैसियत परिक्षण भयो भने अर्कातिर निर्वाचन बहिष्कार/बिथोल्ने चेतावनी दिनेलाई मधेशकै जनताले अस्विकार गरिदिए । भाजपाबाट प्रभावित भएर बनेको घरेलु राजपा स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागि हुन बाध्य भयो भने दलको हैसियतमा प्रतिस्पर्धामा उत्रन असार २३ मा निर्वाचन आयोगमा दर्ता पनि भयो । भलै निर्वाचन आयोगमा दर्ता हुने निर्णयमा पुग्न राजपा मण्डललाई भारतीय राजदुत मञ्जिभसिंह पुरीले लैनचौरमा बोलाएर सुझाव दिएका थिए । ‘बिद्रोही चरित्र’ का उपेन्द्र यादव र सत्ता राजनीतिका पर्याय बिजय गच्छदार निर्वाचनमा सहभागि भएकै छन् ।

असोज २ मा हुने प्रदेश न.२ को तेश्रो चरणको निर्वाचनमा तुलनात्मक कमजोर प्रतिनिधित्व हँुदा पनि एमाले स्थानीय सरकार संचालनमा  पहिलो ठूलो दल नै हुन्छ । किनकी एमालेलाई उछिन्न कांग्रेसले एक्लैले प्रदेश–२ का आठ जिल्लाका १२७ सिटमा ६० प्रतिशत मत ल्याउनुपर्छ, जुन संभव छैन् । फेरी यसविचमा लाहान, राजबिराज, बीरगन्जमा मधेशी अगुवाको एमाले प्रबेश, तराईका २० मध्ये १२ जिल्लाको एमाले अनुकूलको परिणामले मधेशी मतदाताको मनोबिज्ञानमा पार्ने सकारात्मक प्रभाव छदैछ । 

स्थानीय निर्वाचनमा प्राप्त अभिमतलाई दल, तिनका नेता र दलसँग निकट सम्बन्ध राख्ने बिश्लेषकले स्विकारेका छन् तर ती बिश्लेषण मिश्रित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अपेक्षित परिणाम अझै प्राप्त नगरेको बयान दिएका छन् । एमालेले पाएको भन्दा पनि कांग्रेसले ल्याएको परिणामप्रति ओलीको कटाक्ष छ–कांग्रेसले यत्रो सिट कसरी ल्यायो ? । कांग्रेस अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा परिणामप्रति मौन छन् । बहुमत कांग्रेस नेताका टिप्प्णीमा पार्टी कमजोर भएको महसुस देखिन्छ । परिणामप्रति सन्तुष्ट प्रचण्डमात्र देखिन्छन् । मतपरिणामलाई आफू अनुकूल बिश्लेषण गर्ने प्रबृति छँदैछ र यो तेश्रो चरणको निर्वाचनको परिणाम आउँदासम्म चलिरहन्छ । तर मूल प्रश्न स्थानीय तहको निर्वाचन परिणाम किन एमालेको पक्षमा आयो ? यसले नेपाली राजनीतिका समसामयिक मुद्दामा चलिरहेको वहसलाई कता डोहोरयाउँछ भन्ने हो । यससँगै राष्ट्रियता, संघीयता र समाबेशिता जस्ता महत्वपूर्ण र दिर्घकालिन प्रभाब पार्ने तर जर्बजस्त विवादमा तानिएका बिषयलाई समाधानतिर लैजान्छ वा थप जटिल बनाउँछ भन्ने हो ।

एमालेको पक्षमा किन जनमत बन्यो र बढ्यो ?
पहिलो : राष्ट्रियताप्रतिको एमाले दृष्टिकोण र अडान । 
स्थानीय निर्वाचनमा राष्ट्रिय एजेण्डा कसरी प्रभावी हुनसक्छ भन्ने तर्क आउन सक्छ । तर कुनै पार्टीप्रति जनमत बन्ने उसले बनाएको राष्ट्रिय छबीबाटै हो । त्यही राष्ट्रिय छबी अन्तर्राष्ट्रिय बन्छ र स्थानीय पनि बन्छ । स्थानीय तहको निर्वाचन २० बर्षपछि भएकाले स्थानीय जनप्रतिनिधिले कस्तो काम गर्लान् भन्ने अनुमानको बिषय नै हो । तर एमालेका जनप्रतिनिधिको प्रदर्शन कस्तो हुन्छ भन्ने उसको राष्ट्रिय नीति र नेतृत्व कस्तो छ भन्नेबाटै प्रदर्शित हुने हो । संविधान निर्माणमा अध्यक्षका हैसियतमा केपी शर्मा ओलीले लिएको नेतृत्व र प्रधानमन्त्रीका रुपमा लिएको देशको नेतृत्व एमाले उम्मेद्वारका लागि ठूला पुँजी थिए । अहिले एमालेका पक्षमा प्राप्त मत एमाले र अध्यक्ष ओलीले  लिएका नीति कार्यक्रम, बजेट र तीनको कार्यान्वयनको मत हो, त्यसको अनुमोदन हो । भारतसँगको व्यवहारका सन्दर्भमा नेपाल स्वतन्त्र राष्ट्र हो, स्वतन्त्र राष्ट्र रहनुपर्छ भन्ने नीतिमात्र होइन, व्यवहारद्वारा प्रमाणित गरिएको प्रति समर्थन हो । प्रधानमन्त्री ओलीद्वारा नेपाली स्वार्थलाई सबैभन्दा उच्च प्राथमिकतामा राखेर अघि सारिएको बिदेश नीतिले महानगरदेखि गाउँपालिकासम्म स्थान सुरक्षित गरेको हो । भारतसंग एक मित्रवत छिमेकी राष्ट्रको हैसियतको खोजीप्रतिकै समर्थन हो । नेपाल भुटान होइन, हुन सक्दैन भन्ने नेपाली मनोबिज्ञानको नेतृत्वप्रतिको समर्थन हो । नेपाल आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचका साथ चीनसंग गरिएको पारबहन तथा यातायात सम्झौताप्रतिको बिश्वास हो ।

गगन थापा, बिश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता कांग्रेसका युवा नेतादेखि किशोर नेपाल, पुरुषोत्तम दाहालसम्मले ओलीले नेपालको पक्षमा गरेका यी कार्यमा ‘कथित’ राष्ट्रबाद देख्छन् । के गर्दा सच्चा राष्ट्रबाद हुन्छ भन्ने संकेत समेत गर्न सक्दैनन् । र, जनताको अपमान गर्दै सारमा भन्छन– ‘जनताले एमालेको यो राष्ट्रबादलाई पत्याए ।’ जुन भारतसँग लम्पसार परेर देउवाले सत्तायात्रा गरिरहेका छन् त्यही भारतसँग नाकाबन्दी नखोली औपचारिक भ्रमणमै जान्नँ भन्नु, नाकाबन्दी खोलेपछि मात्र भ्रमणमा जानु, नेपालको संबिधान समाबेशी छैन, समाबेशी बनाउ भन्ने करारनामामा हस्ताक्षर गर्न दबाब दिंदा त्यो नगरी उल्टै नेपालको हितमा रहेको बिशाखापट्नम बन्दरगाह खोल्ने सहमति गर्नु कसरी ‘कथित’ राष्ट्रबाद हुन्छ ? प्रचण्डले संयुक्त बिज्ञप्तीमा नेपालको बिदेश नीतिको संचालनको जिम्मा साउथब्लकलाई दिने सहमति गर्नु र भाजपा निकट थिंकट्याँकले आयोजना गरेको कार्यक्रममा देउवाले स्वतन्त्र तिब्बतको पक्ष लिंदै ‘एक चीन’ नीतिबिरुद्ध जानु शायद सच्चा राष्ट्रबाद हो कि ?

दोश्रो : राष्ट्रिय एकता र जातीय सद्भावको नीति÷ब्यवहारप्रतिको समर्थन ।
निर्वाचन भएका तराईका जिल्लामा एमाले पहिलो पार्टी बन्यो । त्यतिमात्र होइन, कांग्रेस र माओवादीको जोड्दासमेत एमाले बलियो भयो । एमाले मधेशबिरोधी हो, एमालेले मधेशी नागरिकलाई अधिकार दिन चाहँदैन भन्ने भ्रामक प्रचार यो निर्वाचनको परिणामसँगै पराजित भएको छ । मधेश–पहाड, हिमाल– तराई, पहाडी– मधेशी, आदिवासी र जनजाती सबैको सद्भाव र एकताको एमाले नीतिप्रतिको समर्थन हो । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा एमाले निर्वाचित हुनु टिकापुर नरसंहारबिरुद्ध, त्यसका नायक र टिकापुर घटाउने देशी बिदेशी शक्तिबिरुद्ध प्रकट भएको जनमत हो । कैलाली, कंचनपुर, रुपन्देही लगायतका जिल्लामा जसरी एमालेले बिजय हासिल गरेको छ, त्यो ‘एक मधेश प्रदेश’, ‘दुई मधेश प्रदेश’ जस्ता नारामार्फत राष्ट्रलाई भौगोलिक रुपमा बिभाजन गर्नेबिरुद्धको मत हो ।

कपिलबस्तु र नवलपरासीका नागरिक भन्दैछन,‘चुनावले जातीय सद्भाव बढायो ।’ अधिकारकर्मी रबी ठाकुर भन्छन– निर्वाचनले मधेशी–पहाडी र हिन्दु–मुस्लिम सबैलाई एक गरायो । मधेशीले पहाडीलाई, पहाडीले मधेशीलाई मत दिए, ज्यान फालेर जिताउन लागि परे ।’ प्रदेश बिभाजनका सन्दर्भमा एमाले अध्यक्ष ओलीले सधंै भने–प्रदेश बिभाजन गर्दा सबैलाई मिलाएर उत्तर दक्षिण गर्नुपर्छ । ओलीले त्यो एमालेका निम्ति होइन, देशका लागि भनेका थिए । किनकी नेपालमा यसको अर्को बिकल्प थिएन, छैन । अहिले ओली जनमतद्वारा सही प्रमाणित भएका छन् । बुटबलमा सत्तागठबन्धन पराजित भयो । किन ? किनभने रुपन्देहीका जनता बुटबललाई पहाडबाट अलग गर्नु हुँदैन भन्ने पक्षमा छन् । जनताको पक्षमा एमाले छ । तराईमा एमाले जनमत खस्किएको भन्ने गलत साबित निर्वाचनबाट भएको छ । तराईमा मधेशबादी भनिने दल सबै गर्दा १७ सिटमात्र जिते जवकी एमाले एक्लैले ५९ सिटमा बिजय हासिल गर्यो ।  यससँगै जनजाती र थारु समुदायबाट धेरै उम्मेद्वार दिने र जिताउने पार्टी एमाले नै हो ।

स्थानीय निर्वाचनले नेपाली राजनीतिक परिदृश्यमै परिवर्तन ल्यायो । एकातिर दलहरुको हैसियत परिक्षण भयो भने अर्कातिर निर्वाचन बहिष्कार/बिथोल्ने चेतावनी दिनेलाई मधेशकै जनताले अस्विकार गरिदिए । भाजपाबाट प्रभावित भएर बनेको घरेलु राजपा स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागि हुन बाध्य भयो भने दलको हैसियतमा प्रतिस्पर्धामा उत्रन असार २३ मा निर्वाचन आयोगमा दर्ता पनि भयो । भलै निर्वाचन आयोगमा दर्ता हुने निर्णयमा पुग्न राजपा मण्डललाई भारतीय राजदुत मञ्जिभसिंह पुरीले लैनचौरमा बोलाएर सुझाव दिएका थिए । 

तेश्रो : बिकासको मार्गचित्रप्रतिको समर्थन 
अहिले नेपाली राजनीतिका समकालिन शक्तिमा एमालेमात्र यस्तो शक्ति हो, जससंग प्रष्ट राजनीतिक लक्ष्य छ । देश बिकासको कार्यक्रमसहितको दृिष्टकोण छ । एमालेले भनेको छ– अव राजनीतिक क्रान्तिको अभिभारा पुरा भएको छ । अव मुलुक बिकासमा केन्द्रित हुनुपर्छ । नेपाललाई समृद्ध राष्ट्र बनाउनुपर्छ ।’ निराश नेपाली नागरिकमा आशा जगाउने काम ओली सरकारले गर्यो ।  ल्हासादेखि सिगात्से हुदै रसुवाबाट नेपाल प्रबेश गर्ने चिनियाँ रेल काठमाडौं पोखरा हुँदै लुम्बिनी पुर्याउने सोच किन कसैमा आएन ? कल्पना गरौं, भारतले पनि नेपाललाई रेलमार्गबाट जोड्न चाह्यो भने बेईजिङ काठमाडौं र नयादिल्ली रेलबाट जोडिन सक्छन् की सक्दैनन् ? यो जनमत त्यस पक्षको जनमत हो । पुर्ब पश्चिम रेलमार्गको प्रस्ताव ओलीकै प्रस्ताव हो । घरघरमा ग्याँस पुर्याउने महत्वकांक्षी लक्ष्य हुन, जो बिलकुल संभव छन् ।  समुन्द्रमा नेपाली झण्डासहितको पानी जहाज पहिला पनि चलेकौ हो, अव पनि चलाउनुपर्छ भन्ने सोचप्रतिको समर्थन हो । खानी उत्खनन् गर्नुपर्छ भन्ने पक्षको समर्थन हो । यही ‘भिजन’ किन शेरबहादुर देउवा र प्रचण्डमा आएन ? किनभने यो त व्यक्तिको क्षमताले निर्धारण गर्छ ।

चौथो : दुई राष्ट्रियताको एजेण्डाबिरोधी मत । 
भारतीय संस्थापन पक्ष र केही मधेशी दल तथा बिश्लेषकले निरन्तर एउटा ‘प्रोपोगाण्डा’ गरे– एमाले ‘बाहुनबादी पहाडे इलिट’ को पार्टी हो । बाबुराम भट्टराईका गुरु एसडी मुनीदेखि श्यामशरण, राकेस सुद हुँदै सिकेलाल सम्मले यसलाई स्थापित गर्न निकै प्रयास गरे । मधेश काठमाडौंको उपनिबेश भएको भन्दै त्यसमा पनि एमालेमात्र दोषी भएको सार्बजनिक आरोप दर्जनांै पटक लगाए । मधेशी राजनीतिक दलसंग जायज÷नाजायज सबै सम्झौता गिरिजाप्रसाद कोइरालादेखि रामचन्द्र पौडेल र शेरबहादुर देउवासम्मले गरे । सशस्त्र युद्धमा स्वायत्त प्रदेश बाँड्ने, खुला राजनीतिमा आएपछि मधेश नरसंहार हुँदापनि मधेशबिरोधी भएको आरोप प्रचण्डलाई कहिले लागेन । किनकी एमालेलाई अझ केपी ओली नेतृत्वको एमालेले जनताको मत जितेर नेपाललाई समुन्नत बनाएमा आफ्ना निहित स्वार्थहरुको असामयिक अवसान हुने त्रास यी घरेलु र बाहिरी शक्तिमा थियो र छ । तर नेपाली जनताले निर्वाचनमार्फत भने– एमालेप्रति हाम्रो समर्थन छ ।’ त्यसैले नयादिल्लीको नेतृत्वमा सबै एकातिर र ओली अर्कोतिर हँुदा पनि नेपाललाई मधेश र पहाडका रुपमा बिभाजित गर्ने षड्यन्त्र असफल भयो । नेपालको इतिहासमा प्रधानमन्त्री भएको दिन होइन, प्रधानमन्त्रीबाट राजिनामा दिएर बाहिर निस्कंदा पनि ओलीले जस्ता सम्मान कसैले पाएको थिएन । अहिले जनमतले भन्यो– एमाले ‘ब्राम्हिन हिल एलिट’ को पार्टी होइन । एमाले घोराही उपमहानगरका मेयर नरुलाल चौधरी, इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीदेखि शिबराज नगरपालिकाकी उपमेयर शिबकुमारी थारुको पार्टी हो, धनकुटाका चिन्तन तामाङदेखि आठराईका बिष्णुबिक्रम लिम्बुको पार्टी हो । एमाले जनजातीको पार्टी हो, मधेशीको पार्टी हो । एमाले मुस्लिम, अल्पसंख्यक र महिलाहरुको साझा पार्टी हो ।

Share.

Leave A Reply