आप्रवासी सवार डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

0

रोम, जेठ ११ ।

लिबियाली तट क्षेत्रमा एक डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इटालियन तटरक्षक टोलीका अनुसार आप्रवासी सवार सो डुंगामा करिब ५ सय जना थिए ।

 


अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेको बताइएको छ । तीमध्ये अधिकांशलाई उद्धार गरिए पनि केहीलाई भने बचाउन नसकिएको जनाइएको छ । लिबियाको तटबाट करिब ३० समुद्री माइलको दुरीमा सो दुर्घटना भएको हो । ठूलो लहरका कारण सन्तुलन गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ । (एजेन्सी)

Share.

Leave A Reply