मेचीनगर, ३ साउन ।
मेचीनगर ५ निवासी स्वर्गीय केवी नेम्बाङको परिवारलाई इजरायलमा कार्यरत नेपालीले १ लाख २ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।

कलेजोको विरामी रहेका नेम्बाङको उपचारका लागि रकम पठाए पनि उनको एक साता अघि निधन भएको थियो । आर्थिक अवस्था कमजोर भएका नेम्बाङलाई उपचारमा सहयोग गर्ने लक्ष्यका साथ मेचीनगर ३ निवासी राजेश सुब्बा र खेमराज राईको पहलमा ३० जना नेपालीबाट संकलित उक्त रकम नेम्बाङ परिवारलाई पठाइएको हो । मङ्गलबार उक्त रकम राजेशका बुबा अम्बर आङ्बो र आमा चन्द्रकला आङ्बोले नेम्बाङकी पत्नी पुष्पा नेम्बाङलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरणमा मेचीनगर ५ का नवनिर्वाचित अध्यक्ष योगन थापा, समाजसेवी जितबहादुर लावती, बालकल्याण माविका अध्यक्ष दिलिप सुब्बा, पूर्व अध्यक्ष तिलकचन सुब्बा, युवा नेता प्रकाश खापुङ, राजेन्द्र इदिङ्गो, रङ्गलाल गिरी, देउमान सुब्बा, इन्द्रबहादुर श्रेष्ठ, अग्निमाया मेचे, विकास लावतीलगायतको सहभागिता रहेको थियो । मृतक नेम्बाङका १ छोरा र १ छोरी छन् । उक्त रकमले तिनै छोराछोरीको पालन पोषण गर्ने परिवारले जनाएको छ ।