एमाले अध्यक्ष केपी शर्मा ओलीले एक दिनमै आधा दर्जन सभालाई सम्वोधन गर्ने

0

 

झापा, ६ असार ।

एमाले अध्यक्ष केपी शर्मा ओली हिजो गृह जिल्ला झापा आउनु भएको छ । ओली झापा आए पछि सवै स्थानीय तहमा एकैपटक लहर ल्याउनेगरी एमालेले ७२ घन्टे कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार आज उहाँले दमकमा ४ वटा आमसभालाई सम्बोधन गर्नु हुनेछ ।

दमकको कार्यक्रमकै बीच ओलीले कमल गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओली आज विहानैदेखि तिनै कार्यक्रममा व्यस्त हुनुहुन्छ । कमल गाउँपालिकाको कार्यक्रम सकेर ओलीले दमककै अन्य कार्यक्रममा सहभागिता जनाउने बताइएको छ । आज साँझ ओलीको बास पनि दमकमै हुनेछ । यस्तै भोली झापा, विर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकाका कार्यक्रमहरुमा ओली दिनभर सहभागि हुनुहुने छ । पर्सी गौरादह नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर पौने १ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

Share.

Leave A Reply