एमाले झापाद्वारा ७ जना कार्यकर्ता निष्कासित

0

विर्तामोड, ११ असार ।

एमाले झापाले ७ जना कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।
एमाले जिल्ला निर्वाचन परिचालन समिति झापाको आज बसेको बैठकले स्थानीय तहको निर्वाचनका बेला पार्टीका केही कार्यकर्ताले अनुशासन उलंघन गरी विभिन्न ठाँउमा उम्मेद्वार बनेका कारण ७ जनालाई कार्वाही गरेको हो ।

पार्टीको कार्वाहीमा परेकाहरुमा दमक-३ बाट तेजस्वी थेवे, विर्तामोड -५ बाट देवराज तामाङ र भोला उप्रेती, वडा नम्बर-८ बाट कृष्ण श्रेष्ठ र वडा नम्बर ४ बाट दिपक मिश्र रहेका छन् । त्यसैगरी कार्वाहीमा पर्नेहरुमा हल्दिबारी ३ का टंक भट्टराई ४ का वडा नम्बर७ का राजकुमार राई रहेका छन् । बैठकले उनीहरुलाई अनुशासनको कारवाही गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको एमाले झापा जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव शिव ढुङ्गलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply