झापा, ६ असार ।
रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा गए राति अस्ट्रेलियालाई ३-२ ले हारएको हो । सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र गोरेट्जकाले गोल गरे ।

विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि सुरु भएको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ ।