कांग्रेसका वडा अध्यक्ष उम्मेद्वारको अपहरण

0

सोलुखुम्बु, ४ असार ।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नंं ६ का वडा अध्यक्षका उम्मेदवार टंकबहादुर कार्कीलाई अपहरण गरिएको छ ।
मनोनयन दर्ताका लागि नेचा जाने क्रममा तिङलाको बासिगाउँबाट एमाले र माओवादीका कार्यकर्ताले अपहरण गरेको सँगै रहेका सांसद बलबहादुर केसीले जानकारी दिनुभयो ।
‘सवा १२ बजेतिरको घटना हो, हामी मनोनयन दर्ताका लागि नेचातिर जाँदै थियौं, हामी माथि हातपात गरेर उम्मेदवारलाई लिएर गएका छन्, माओवादी र एमालेका कार्यकर्ताले यस्तो हर्कत देखाए’ सांसद केसीले भन्नुभयो ।

Share.

Leave A Reply