जिल्ला कृषि विकास कार्यालय झापाको भवन शिलान्यास

0

झापा, २२ जेठ ।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको आज एक समारोहका बीच शिलान्यास गर्नुभएको छ । दुई करोड १५ लाख ८९ हजार लागतमा निर्माण हुने सो भवनको निर्माण कार्य २०७५ साउन १० गते सम्पन्न हुने बताइएको छ ।

सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, भद्रपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले नवनिर्माण हुने भवनले सरकारी कामकाजमा सहज हुने चर्चा गर्नुभयो ।
यसैगरी, विश्व वातावरण दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीको निवास परिसरमा आयोजित वृक्षरोपण कार्यलाई प्रमुख जिल्ला अधिकारी खत्रीले वृक्षरोपण गरेर शुभारम्भ गर्नभएको छ ।

Share.

Leave A Reply