पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण भदौ २६ गते राजधानीमा हुने पक्का

0

झापा, ४ साउन ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण आगामी भदौ २६ गते राजधानीमा हुने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद पत्रकार मञ्चले अवार्डको मिति घोषणा गरेको हो ।

मञ्चले वि.सं. २०६० सालदेखि हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट खेलाडी महिला तथा पुरुष, उत्कृष्ट युवा खेलाडी, वर्षका प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, लाइफटाइम एचिभमेन्ट र टिम अफ द इयर गरी कुल ८ विधामा खेलाडी, प्रशिक्षक तथा खेल व्यक्तित्वहरुलाई पुरस्कृत गरिन्छ ।

अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा यो वर्ष उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरु छनोट गरिने आयोजकको भनाइ छ । यसअघिका संस्करणहरुमा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी र पिपुल्स च्वाइस अवार्ड विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिँदै आएकामा योपटक अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने जनाइएको छ । त्यस्तै, अरु विधाका प्रत्येक विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Share.

Leave A Reply