काठमाडौं ।
सुगम स्वरका धनी गायक सुगम पोखरेलकी छोरी पनि बाबुकै पथमा हिँडेकी छिन् । छोरी एन्जेलिजाले बाबु सुगम पोखरेलको शब्द र संगीतमा रहेको “मलाइ उड्न देउ” बोलको गीतमा आवाज दिएकी छिन् ।
गीतको म्युजिक भिडियो केही दिनमा नै सार्वजनिक गर्ने गायक पोख्रेलले बताएका छन् । गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने निर्देशन अराज केशवले गरेका छन् । भिडियोमा एन्जेलिजा आफैले अभिनय गरेकी छिन ।